खोटाङमा भलिवल प्रतियोगिता तथा प्रतिभा सम्मान

काठमाडौं। खोटाङ स्थित दिक्तेल रुपाकोट मझुवागढी-९ निर्मलीडाँडा लामाखुमा गत वर्षहरु जस्तै यो वर्ष पनि दिपावलीको अवसर पारेर वृहत कार्यक्रमका साथ भलिवल प्रतियोगिता तथा प्रतिभा सम्मान सम्पन्न भएको छ ।

२०७२ सालमा स्थापित ‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले हरेक साल आयोजना गर्दै आएको विशेष कार्यक्रम कर्तिक २५ देखि २७ गतेसम्म निर्मलीडाँडामा गरिएको हो ।

‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विविध कार्यक्रमहरुमध्ये भलिवल प्रतियोगितामा गत वर्षदेखि ‘मन्दत मनरानी राई स्मृति प्रतिष्ठानले समेत सहकार्य तथा साझेदारी गर्दै आएको छ ।

नगरपालिका तथा गाउँपालिकाको वडा स्तरीय समुहलाई सहभागी गराईदै आएको भलिवल प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष सोकला गाउँपालिका, मात्तेमले हात पारेको छ भने दोस्रो पुरस्कार दोर्पा स्पोर्टस क्लबले साथै तेस्रो साकेला गाउँपालिका, च्यान्डाडा–१ले जित्न सफल भएको छ ।

प्रतियोगितामा प्रथमलाई ५० हजार १ सय ५१ रुपैंयाँ, दोस्रोलाई ३० हजार १ सय ५१ र तेस्रोलार्ई २० हजार १ सय ५१ रुपैंयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट खेलाडी ठहरिएका दोर्पा स्पोर्टस क्लबका बलबहादुर भुजेललाई नगदसहित मेडल प्रदान गरियो ।

वडाध्यक्ष हर्कराज राई, कवि कलाकार चन्द्र रानाहँछालगायतका स्थानीय जनप्रतिनिधि, शिक्षक तथा समाजसेवीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम भव्य रुपले समापन भयो ।

वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कार पत्रकार रामधनलाई वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कार यो वर्ष पत्रकार रामधन राई लाई प्रदान गरिएको छ । जिल्लामा जन्मिएर कला-साहित्य, पत्रकारिता, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिमध्ये एकलाई छनौट गरी नगद १५ हजार रुपैयाँ र ताम्रापत्रले पुरस्कृत गर्ने यो पुरस्कार यष वर्ष रामधनलाई प्रदान गरिएको हो ।

पहिलो संस्करणको पुरस्कार गत वर्ष कला-साहित्य तर्फ कवि चन्द्र रानाहँछालाई प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष ऋषिधन राई, सचिव बुद्धिराज राई तथा मणिराज राईको संयोजकत्वमा आयोजित कार्यक्रम भव्यरुपले सम्पन्न भएको कुरा प्रतिष्ठानका संरक्षक जितेन्द्र राईले जानकारी गराए ।