जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ ः सभामुख महरा

२७ आश्विन, तुलसीपुर । सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताउनुभएको छ ।
अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई आज यहाँ संबोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता जनताले पाउनुपर्ने बताउनुभयो ।
“सरकारले ‘एक घर, एक धारा’को नीतिलाई अगाडि सारेको छ, सोही नीतिअनुरुप घर घरमा खानेपानी पु¥याउनेतर्फ खानेपानी संस्था लाग्नुपर्छ”, सभामुख महराले भन्नुभयो । उहाँले अमृतपुर खानेपानीले अगाडि सारेको सहलगानी कोष स्वीकृत भएको समेत बताउनुभयो ।
उहाँले पछिल्लो समयमा विभिन्न कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै पानीका मुहान संरक्षणमा ठोस कदम चाल्नुपर्ने बताउनुभयो । सभामुख महाराले, “अहिले विभिन्न कारणले दाङमा खानेपानीका मुहान सुक्दै गएका छन् । खानेपानीको स्थायी विकल्पका लागि सबै एक भएर योजना बनाउनुहोस् ।” रासस