नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुदै

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुने भएको छ । महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने कांग्रेसले जनाएको छ ।
देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेछन् । त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ ।
महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ ।
विधान मस्यौदामाथि छलफल सकिएको छ तर, पदाधिकारी संख्या लगायतका विवादमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न बाँकी छ ।