रहेनन् कांग्रेस नेता बास्तोला

२७ असोज, काठमाडौ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेका बाँस्तोलाको रातिको ९ ः२० मा निधन भएको हो ।

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलालाई शनिवार न्यूरो अस्पताल पुर्याइएको थियो । त्यहाँका चिकित्सकले स्वास्थ परीक्षण गर्दा ब्रेन र हर्टले काम गर्न छाडेको र फोक्सोमा पानी जमेको कारण उपचार हुन नसक्ने भन्दै ’क्लिनिकल्ली डेथ’ को घोषणगरि घर पठाएको थियो ।

अस्पतालले क्लिनिकल्ली डेथ भनेपछि बाँस्तोलाको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा,उपसभापति विमलेन्द्र निधि,महामन्त्री शशांक कोइराला लगायतका नेताहरु दिउँसोदेखि नै बास्तोलाको निवास पुगेका थिए । ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालाई सम्बोधन गर्दागर्दै लडेका नेता बास्तोलालाई मस्तिष्कघात भएको थियो ।

बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए । मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो । तर, उपचार सम्भव नभएपछि बास्तोलालाई पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा उपचार गरिदै आएको थियो ।