हाम्रो यात्रा हाम्रो अभियानद्वारा जाडोमा सडकमा सुतिरहेकाहरूलार्इ कम्बल बितरण

काठमाडौँ : जाडो मौसमलाई लक्षित गरि हाम्रा महान बृद्धा अामा बुवा र साना बालबालिकाहरू बाटो, मठ मन्दिरमा बस्नु हुनेहरूलाई ब्ल्याङकेट बितरण गर्ने कार्यक्रम हाम्रो यात्रा हाम्रो अभियानले सम्पन्न गरेकाे छ । सामाजिक परिवर्तनका लागि हाम्रो यात्रा हाम्रो अभियानले शुरू गरेकाे सामाजिक कार्यहरू अन्तर्गत सडकमा जाडोसँग पैठेजोरी खेलिरहेका पीडितहरूका लागि मंसिर ११ गते बेलुकि बानेश्वरबाट जाडोबाट बच्नका लागि कम्बल वितरण शुरू गरेकाे थियो ।

अभियानकाे मुख्य उद्देश्य बालबालिकाहरूकाे हक हित र शिक्षामा अाधारित कार्यक्रम गर्ने तथा दुःखी पीडितहरूलार्इ बाँच्न र बचाउन पाउने अधिकारहरूलार्इ मध्यनजर राख्दै सामाजिक हितमा कार्य गरिरहेको छ । यसैगरि विभिन्न स्थानहरूमा उपचार नपार्इरहेका बुवा अामा तथा बालबालिकाहरूलार्इ समेत उपचार गराइरहेकाे यस अभियानका अभियान्ता समाजसेवी सुमित्रा बस्नेतले बताउनुभयो ।

साथै यस अभियानमा सक्रिय भुमिका खेल्नु भएका भक्तपुर निवासी सामाजिक अभियान्ता दिपक डोटेलले सँस्थाकाे मुख्य योजना अन्तर्गत बालबालिकाहरूकाे हकहितका लागि देशमा भएकाे कलकारखाना तथा विभिन्न व्यवसायहरूमा बालबालिकाहरूलार्इ कामदारकाे रूपमा प्रयोग भएकाले यसकाे समेत अन्त्य गर्ने रहेको जानकारी दिनुभयो ।