आङ सान सुकी नेपालमा रक्षामन्त्री द्वारा उनलाई बिमानस्थलमा स्वागत

काठमाडौँ – म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेकी छिन् ।शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् ।नोबेल पुरस्कार विजेतासमेत रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी हुन् । सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।

स्टेट काउन्सिलरको रुपमा सुकीको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको नेताको रुपमा काठमाडौँ आएकी थिइन् ।यता, क्याम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन पनि बिहिबार नै नेपाल आइपुग्दैछन् । नेपाल भ्रमणका क्रममा सुकी र सेनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।