समाजसेवी तथा सिंगापुर लाहुरे तेम्बा शेर्पालाइ नेपालमा भब्य स्वागत

काठमाडौँ – भोजपुर जिल्लामा जन्मेका समाजसेवी सिंगापुर लाहुरे तेम्बा शेर्पाले आफ्नो कर्मथलो भने सिंगापुर लाइ बनाएका छन्, भनिन्छ मानिस जहाँ भए पनि आफुमा इच्छा शक्ति र चाहना भयो भने हर काम लाइ पूर्णता दिन सकिन्छ । तेम्बा शेर्पामा पनि सानै उमेर देखि सामाजिक कार्य गर्ने रुचि थियो गरिब दुखिहरु देख्दा उनको मन रुन्थ्यो र आफुले सकेको सहयोग गर्थे अनि मन मनै भन्थे जब म पनि ठुलो भएर पैसा कमाउछु त्यस पछि आफुले कमाएको केहि हिस्सा समाजको लागि खर्च गर्छु।

त्यहि भावाना अनुरुप अहिले समाजसेवी सिंगापुर लाहुरे तेम्बा शेर्पा आफुले कमाएको केहि हिस्सा सामाजिक कार्यमा खर्च गरि रहेका छन्। वर्क फर नेपालका सल्लाहकार समेत रहेका तेम्बा शेर्पालाई नेपालमा भब्य स्वागत गरिएको छ l सिंगापुरमा रहेर पनि समाजसेवी राजनीतिकर्मी कलाकारहरु संग नजिकमा रहेर सबैलाई सहयोग समेत गर्ने ब्यक्तिवमा पर्दछन l

जब महाभुकम्पले नेपाल आमालाइ रुवाएर गयो मुलुकमा बिपत्ति आयो सिंगापुरमा बसेर काम गरिरहेका तेम्बाको मन पनि रुयो आखिर यो मन त नेपाली नै त हो नि, अनि उनले अठोट गरे यो समयमा नेपालमा गएर जति सकिन्छ त्यति दुखि पिडितलाइ आर्थिक भौतिक सहयोग गर्ने र आहतमा राहत दिने अनि दुखिको सेवा गर्ने सोच बनाएर उनि ६ महिनाको लागि नेपाल आएर सामाजिक कार्यमा अहोरात्र खटेका पनि थिए ।

समाजसेवी सिंगापुर लाहुरे तेम्बा शेर्पाले विभिन्न एनजीओहरु, अनाथालयहरु, संघ सस्थालाई समेत उत्तिकै सहयोग गर्दै आएका छन् l उनि भोजपुर शेर्पा किदुकका आजिबन सदश्य,हिमालयन शेर्पा सस्कृतिक केन्द्रिय समितिको आजिबन सदश्य साथै भोजपुर सेवा समाजका आजिबन सदश्य समेत रहेका छन्, सामाजिक कार्य गर्न पबित्र मन हुनु पर्छ जहा बाट पनि सहयोग गर्न सकिन्छ र भबिष्यमा पनि यसरिनै आफुले सकेको सहयोग गर्दै सामाजिक कार्यमा लागि रहने कुरा शेर्पा बताउछन।

यसपालिको नेपाल बसाइमा समेत केहि सामाजिक कार्यमा हात बढाउने सोच राखेका शेर्पालाई हाम्रो तर्फ बाट पनि शुभकामना दिदै नेपालमा स्वागत गर्न चाहन्छौ l