महिला अभियानद्धारा उत्थान केन्द्रलाई सहयोग हस्तान्तरण

काठमाडौं । महिला अभियान नेपालले काठमाडौंको रसियन कल्चर सेन्टरमा च्यारिटी सो कार्यक्रम आयोजना गरी उठेको रकम श्री अनाश्रित वालवालिका उत्थान केन्द्रलाई हस्तान्तरण गरेको छ ।
प्रमुख अतिथि नेपाल सरकारका पूर्व मुख्यसचिव डाक्टर सोमलाल सुवेदीले कार्यक्रमबाट उठेको एक लाख एघार हजार एक सय एघार रुपैया नगद रकम श्री अनाश्रित वालवालिका उत्थान केन्द्रका अध्यक्ष कृष्ण शिवाकोटीलाई हस्तान्तरण गर्नुभएको हो । महिला अभियान नेपालकी अध्यक्ष यशोदा कार्कीकोे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुर रहनु भएको थियो । कार्यक्रममा कलाकारहरू सुरज थापा, अशोक तामाङ, शिवशंकर रिजाल, वालकलाकार आयुष के.सी.लगायतको रमाईलो प्रस्तुती रहेको थियो । पाँच बर्षदेखि महिला र वालवालिकाको क्षेत्रमा कार्य गर्दै आएकी संस्थाकी अध्यक्ष कार्कीले विगतमा पनि विभिन्न संस्थाहरूलाई सहयोग गदै आएकी छन ।
कार्यक्रममा विभिन्न सहयोगी संस्था तथा व्यत्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उत्थान केन्द्रका अध्यक्ष शिवाकोटीले विभिन्न जिल्लाका असाहय र जनयुद्धको चपेडामा परेर अन्यौल भविष्य भएका १६ जना बच्चालाई आश्रय दिनुका साथै पढाइरहेका छन् ।