कांग्रेस नेता बास्तोलाको अवस्था गम्भीर

२७ असोज,काठमाडौं । लामो समयदेखि गम्भीर बिरामी रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था अझ गम्भीर बनेको छ ।
शनिबार दिउँसो न्यूरो अस्पताल बाँसबारीले बास्कोटालाई घर फिर्ता पठाएको छ । चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् ।
अस्पतालबाट फिर्ता भएपछि बास्तोलालाई काठमाडौंको खुमलटारस्थित आफ्नै निवासमा राखिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भिड लागेको छ ।
६ वर्षयता ओछ्यान परेका बास्तोला पछिल्लो ६ महिनादेखि ‘सेन्सलेस’ नै थिए । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।