जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस् – रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर

काठमाडौँ : छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ। जाडो मौसममा छालामा विभिन्न समस्या देखा पर्ने हुँदा स्याहार गर्न अलि गार्‍हो हुन्छ। शिशिरयाममा रुखो बाहिरी मौसमको प्रत्यक्ष भार छालाले थेग्नुपर्ने हुँदा छालाको नरमपना खोसिन्छ । यो नरमपना आकर्षक मुलायम स्वरुपका लागि जरुरी हुन्छ।

हातखुट्टा फुट्नु, छाला सुख्खा हुनु, चिलाउँनु, कत्ला बस्नु, ओठ चिरिनु र अनुहारको चाउरी बढ्नु जाडोयामका प्रमुख समस्या हुन् । यसबाहेक छालाको नरम तत्वलाई हानिकारक प्रदुषणयुक्त धुँवा र धुलोका कणबाट पनि पनि बचाव गर्ने हुनाले सुख्खापनाले एलर्जीको समस्या बढ्छ । यो विशेषगरी वृद्ध र बच्चामा बढी हुने गर्छ। त्यसैले जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस् :

१.जाडोमा छालाबढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ ।

२. छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. प्रायं जाडोमा मोइस्चराइजर प्रयोग गर्न आवश्यक मानिँदैन तर त्यसो गर्नु ठीक होइन । जाडोमा सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

४. छाला बढी सुख्खा छ भने पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ ।

५. मोइस्चराइजिङका लागि तेल मसाज पनि राम्रो विकल्प हो । नुहाउनुपूर्व नरिवलको तेललेबडी मसाज गर्नुपर्छ ।

६. नुहाएपछि बडी लोसन क्रिम वा तेल प्रयोग गर्नुपर्छ । यसबाट मोइस्चर लक हुन्छ र छालाबढी समयसम्म हाइड्रेटेड रहन्छ ।

७. नुहाउन तातोभन्दा मनतातो पानी उपयुक्त हुन्छ ।

८. धेरै कडा खालको रसायन भएको प्रोडक्टभन्दा माइल्ड स्किनप्रोडक्ट प्रयोग गर्नुपर्छ । कारण कडा रसायनले छालालाई हानि पुर्‍याउँछ ।

९. जाडोमा अनुहारको नेचुरल आयल कम गर्ने खालको फेसप्याक वा मास्कको प्रयोगबाट जोगिनुपर्छ । मड प्याक प्रयोग गर्नुहुँदैन न त अल्कोहल बेस्ड कुनै प्रोडक्ट नै ।

१०. एलोबेरा, ग्लिसरिन वा नेचुरल आयलयुक्त प्रोडक्ट प्रयोग गर्नुपर्छ ।

११.अनुहारको मात्र होइन हातको छालाको पनि विशेष हेरचार गर्नुपर्छ । कारण हातको छाला पनि पातलो हुन्छ भने हातमा तैलीय ग्रन्थिसमेत कम हुन्छ ।

१२. ह्यान्ड ग्लोभ प्रयोग गर्न सकिन्छ भने पानीमा काम गरेपछि ह्यान्ड क्रिम वा लोसन लगाउनुपर्छ ।

१३. कुहिनाको रफ र सुख्खा छालाका लागि कागतीमा मह वा चिनी मिश्रित स्क्रब प्रयोग गर्न सकिन्छ । यसले छालालाई कोमल एवं मुलायम राख्छ ।

१४. हातखुट्टा बढी सुख्खा छन् भने लेक्टिक एसिड लोसन प्रयोग गर्न सकिन्छ ।

१५. पानीमा दुई कप दूध मिसाएर नुहाउन सकिन्छ । दूधमा भएको ल्याक्टिक एसिडले छालालाई कोमल बनाउँछ ।

१६. मेनिक्योर–पेडिक्योर गर्दा पानीमा प्राकृतिक तेल हाल्नु राम्रो हुन्छ ।

१७. सुतीको मोजा प्रयोग गर्नुपर्छ । यसले कुर्कुच्चा फुट्न दिँदैन ।

१८. अनुहारलाई लाइट स्क्रबले एक्सफोलिएट गर्नुपर्छ । यसबाट मृतछाला हटेर छाला फ्रेस अनि ब्राइट हुन्छ ।

१९. हाइट्रेटिङ फेस मास्क प्रयोग गर्नुपर्छ । यसका लागि होममेड मास्क पनि तयार गर्न सकिन्छ ।

२०. एक-एक चिया चम्चा मह र मलाई मिक्स गरी अनुहारमा प्रयोग गर्ने अनि १५ मिनेटपछि चिसो पानीले पखाल्ने । यो मास्कले छालालाई हाइड्रेट गर्छ ।

२१. एक-एक चिया चम्चा कोको वटर र ओलिभ आयल मिक्स गर्ने । त्यसमा थोरै अदुवाको पेस्ट पनि मिसाउने । अनुहारमा १५ मिनेटजति राखेर पखाल्ने । कोको वटर प्राकृतिक उत्पादन हो । पिम्पल्सको समस्या छ भने यसको प्रयोग गर्नु हुँदैन ।

२२. बदामको तेल तथा मिल्क मास्क पनि लाभदायक हुन्छ । एक चिया चम्चा बदामको तेलमा दुई चिया चम्चा काँचो दूध मिसाउने । १० मिनेटसम्म अनुहारमा लगाएर राख्ने अनि त्यसपछि पखाल्ने । दूध तथाबदामको तेलको हाइड्रेटिङ गुणले छालामा सकारात्मक प्रभाव छोड्छ ।

२३. रोजवाटर तथा स्ट्रबेरी फेसप्याक पनि छालालाई ग्लोइङ प्रभाव दिन सक्षम हुन्छ । दुई चिया चम्चा स्ट्रबेरी पल्पमा एक चिया चम्चा गुलाबजल मिसाएर अनुहारमा प्रयोग गर्ने । २० मिनेटपछि अनुहार धुने । स्ट्रबेरी भिटामिन सी तथा ओमेगा थ्रीले भरिपूर्ण हुन्छ । यसले छालालाई पोषण प्रदान गर्छ ।

२४. केरा तथा मिल्क पाउडरको मास्क पनि प्रयोग गर्न सकिन्छ । कारण केरा मोइस्चराइजिङ गुणका लागि परिचित छ । एक चिया चम्चा म्यास गरिएको केरा तथा मिल्क पाउडर मिसाउने । छाला धेरै ओयली छ भने मिल्क पाउडरको साटो गुलाबजल मिसाउन सकिन्छ । त्यसमा केही थोपा मह पनि हाल्नुपर्छ । यो मास्कलाई २० मिनेटसम्म राखी अनुहार पखाल्ने । यसले छालालाई हाइड्रेट सफ्ट र स्मुद बनाउँछ ।

२५. दहीले मसाज गर्दा छाला चम्किलो हुन्छ ।

२६. यी सबै कुरासँगै हेल्दी डाइट, नियमित व्यायाम,पर्याप्त निद्रा तथाप्रशस्त मात्रामा पानी सेवन गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

थप जानकारीको लागि :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )