फेसियल गर्ने सही तरिका – रश्मिलाज फेसियल हाउस

काठमाडौं । स्किनलाई सदावहार सुन्दर राख्न स्किनको मेन्टेन गर्नु नै फेसियल हो । अनुहारमा भएको अनावश्यक फोहोर ,दाग र रिंकल हटाउन फेसियल गर्ने गरिन्छ । प्रकृया मिलाएर फेसियल गरिएन भने त्यसले अनुहारमा थप समस्याहरु आउन सक्छन् । समय मिलेसम्म तोकिएको समयमा फेसियल गर्नुपर्छ । यदि काम व्यस्थताले गर्दा समय कम छ भने क्लिन्जिङ मात्रै गरेको खण्डमा पनि अनुहारमा परिर्वतन महसुस गर्न सकिन्छ ।
– फेसियलले अनुहारमा थप चमक ल्याउछ l
– अनुहारको सुक्खापनलाई हटाइ छालामा चमक ल्याउछ l
– चाउरीपन हुन दिदैन l
– अनुहारमा हुने अनावश्यक दाग,कोठीहरु ब्ल्याकहेड, हवाइटहेड हटाउन सहयोग पुग्छ l

क्लिन्जिङ : अनुहारमा छालाको प्रकार तथा समस्याअनुसार बजारमा उपलब्ध प्रसाधनको प्रयोग गरी छालालाई सफा गर्नुपर्छ ।

एक्फलोटिङ : नर्मल, ड्राई, आयली स्किनमा स्क्रब गरी डेड सेल्स निकाल्ने । यसरी ब्ल्याक हेड्स खुकुलो बनाइन्छ ।

मसाजिङ : छालाको प्रकार तथा समस्या अनुसार अनुहारको प्रेयर पोइन्ट्स समेटेर अनुहारमा मसाज गर्नुपर्छ । यो प्रक्रिया १५ मिनेट देखि २५ मिनेट सम्म गर्न सकिन्छ ।

स्टिम : छालाको प्रकार हेरी स्टिम दिनुपर्छ । स्टिमबाट ‘ ब्ल्याक हेड्स निकाल्न सकिन्छ । फेसमा स्टिम इनडाइरेक्ट दिनुपर्छ । बेकिङ सोडामा टावेल भिजाएर अनुहारमा राखेर दिनपर्छ ।

रिमुमिङ ब्ल्याक हेड्स : अनुहारमा ब्ल्याक हेड्स भए स्टेरलाइज्ड कोमोडनको सहायताले हल्का प्रेसर दिई निकाल्नुपर्छ ।

टोनरको प्रयोग : पीम्पिल युक्त अनुहारमा एस्ट्रिमाइज प्रयोग गर्नु उपयुक्त हुन्छ । आयली कम्बिनेसन स्किनमाकेही मात्र अल्कोहल युक्त टोनरको प्रयाग गर्नुपर्छ । ड्राई तथा नर्मल स्किनमा अल्कोहलरहित टोनर प्रयोग गर्नु उत्तर हुन्छ ।

फेसप्याक : फेसियलमा फेसप्याक महत्वपूर्ण विधि हो । यो प्रक्रियाले अनुहारमा छुट्टै अचम प्रदान गर्द । अनुहारको छालाको प्रकार तथा समस्याअनुसार फेसप्याक लेप अथावा मास्य प्रयोग गर्नुपर्छ ।

मस्वराइजिङ : अनुहारको छालाको प्रकारअनुसार मस्चराइजिङ अथवा प्रोटेक्टिभ कस्मोटिक्उस प्रयोग गर्नुपर्छ । यस्तो कस्मेटिक्स डे र नाइटका लागि फरक–फरक हुन्छ । एसपिएफयुक्त र एसपिएफरहित पनि पाइन्छ ।

थप जानकारी

दक्ष प्राविधिकबाट मात्र फेसियल गराउनुपर्छ ।
फेसियल गर्न बजारमा पाइने जुनसुकै प्रसाधन प्रयोग गर्नु हुँदैन । राम्रो र गुणस्तरीय ब्रान्ड मात्र छनोट गर्नुपर्छ ।
संवेदनशील छाला वा पिम्पलले बढी संक्रमण गरेको छालामा स्क्रबको प्रयोग गर्नु हुँदैन ।
अनुहारमा २५ मिनेटभन्दा बढी मसाज गर्नु हँदैन । अनुहारमा बढी मसाज गर्नाले इलास्टिसिटी लुज हुन सक्छ । जसले गर्दा छाला लत्रिने सम्भावना पनि हुन्छ । थाई अथात गर्दनको ब्ल्याक हेड्स निकाल्नु अथावा चलाउनु हुँदैन ।

थप जानकारी :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )