सुन एक महिनामै तोलामा ३ हजारले बढ्यो

२७ असोज, काठमाडौ । दसैंको मुखमा सुनको भाउ आकाशिएको छ । पछिल्लो एक महिनामै सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर तोलामा ६० हजार पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत १८ भदौमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार रुपैयाँ थियो । त्यस्तै तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
बिहीवार ५९ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य शुक्रबार एकैदिन ७ सय रुपैयाँले बढेको हो । सुनको भाउ २०७० सालयताकै सबैभन्दा उच्च हो ।