वयोधा हस्पिटल र प्रभु इन्स्योरेन्सबीच सम्झौता

सेन्टर खबर,काठमाडौं । वयोधा हस्पिटल्स र प्रभु इन्स्योरेन्सबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा वयोधा हस्पिटलका तर्फबाट महाप्रवन्धक उत्तम थापा र प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकहरूले वयोधा हस्पिटलमा भर्ना भई औषधी उपचार गराउँदा साथमा नगद नभए तापनि बिमालेखको सीमासम्म नगदरहित सुविधाप्राप्त गर्न सक्ने जनाईएको छ ।