अन्तराष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रम २०७५ आगामी मंसिर २५ गतेदेखि २८ गते सम्म

काठमाडौँ : “कला र संस्कृतिमा सबैको पहुँच” भन्ने मूल भावनाका साथ स्थापित एसिसि.ए.सि. नेपाल संस्थाको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रम २०७५ आगामी मंसिर २५ गतेदेखि २८ गतेसम्म (11th to 14th december) होटल याक एण्ड यति दरबार मार्ग काठमाँडौमा हुँदैछ । अन्तराष्ट्रिय सम्मेलनको मूल उद्देश्य भनेको नेपाल एकमात्र प्राक्रितिक रुपले धनी मात्र नभएर कला र सँस्कृतीमा भरिपूर्ण रुपले धनी रहेको कुरालाई मध्यनजर गर्दै नेपालको कला संस्कृतीलाई अन्तराष्ट्रियकरण गर्ने र कार्यक्रममा सहभागी राष्ट्रहरुको कला र संस्कृतीलाई आदान प्रदान गर्दै सबैमा कला संस्कृतीको पहुँच पुर्याउनमा सहयोग गर्नेछ । यसबाट राष्ट्रराष्ट्र बिचको आपसि मित्रवत भावनालाई कला र संस्कृतिको कसिले थप मजबुत बनाउनेछ भन्ने पनि हाम्रो मान्यता हो ।

नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्श २०२० लाई यस सम्मेलनले सहयोग पुग्नेछ । यस कार्यक्रममा नेपाल, फिनल्याण्ड, इजिप्ट, मोरक्को, कोरिया, बेल्जीयम, जर्मनी, सिँगापुर, स्विडेन, स्विटजरल्याण्ड लगायतका देशहरुबाट बिभिन्न संघसंस्था साथै विशिष्ट व्यक्तित्व,कलाकार तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ भने अन्तराष्ट्रिय संघसंस्थाहरुमा Art 3 international, Singapure 2) Sandong international 3)Joy togethte Korea and Federation Disability cultures and Arts Association Korea 4) ACCAC Globel 5)ACCAC Globel growth center अन्तर्गत ACCAC Finland – ACCAC Korea – ACCAC Egypt -ACCAC Maorocco – ACCAC Nepal बाट सहभागीता रहनेछ भने राष्ट्रिय कलाकारहरु महजोडि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत ख्यातिप्राप्त राष्ट्रिय कलाकारको सहभागीता रहनेछ । साथै अन्तराष्ट्रिय कलाकारहरु समेत कोरियाबाट Choi Seung Won, इजिप्टबाट Ramy Gheit, फिनल्याण्डबाट Petri लगायतका बहुचर्चित अन्तराष्ट्रिय कलाकारहरुको सहभागितामा बिशेष झाँकी तथा प्रस्तुतीहरु हुने पनि सहर्ष जानकारी गराउदछौँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार तथा व्यक्तित्वहरुलाई समारोहमा सम्मान पनि गरिने छ ।

अन्तराष्ट्रिय रुपमा नेपालको कला संस्कृतिलाई साझेदारी गर्न पाउंदा र अन्तराष्ट्र्यि संस्कृतिलाई पनि सम्मान व्यक्त गर्न पाउंदा हामि हर्षित छौं । यस संस्थाले अहिलेसम्म बिभिन्न देशमा पुगेर नेपालको बिभिन्न कला संस्कृतिलाई प्रस्तुत समेत गरिसकेको छ । नेपाली संस्कृतिलाई अन्तराष्ट्रिय समुदायले गरेको सद्भाव र चाखलाई मध्यनजर गर्दै नेपाली हुनुको नाताले हामि उत्साहित पनि छौं । कार्यक्रमलाई प्राथमिकता दिई तपाईंको संचार संस्था मार्फत समाचार सम्प्रेषण तथा प्रशारण गरिदिनुहुन तथा उक्त सम्मेलनमा तपाईको उपस्थितका लागि समेत अनुरोध छ । साथै तपाईको अमुल्य सुझावको अपेक्षा समेत गरेका छौं । सम्मेलनको औपचारिक कार्यक्रम विवरण लगायतका जानकारी हामि आगामी पत्रकार सम्मेलनमा दिने पनि तयारी गरेका छौ ।