लिटल आइकन २०१८ सिजन – ७ को बिजेता भईन सेरियन बेगम

काठमाडौँ : एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन – ७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम l निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् l

लाली गुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन l तेज दिमाग भएकी सेरियन बेगम पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए l काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन l

छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन – ७ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए l