गायक सुनिल खत्रीको सुन माया बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ : गायक सुनिल खत्रीको सुन माया बोलको गीत सार्वजनिक भएको छ । रचना गोबिन्द प्रसाद उपाध्यायको रहेको छ भने सङ्गीत अनिस श्रेष्ठको रहेको छ । हरिस खनालको निर्देशनमा तयार भएको भिडियोमा मोडेल नग्मा श्रेष्ठ सङ्गै महेश्वर नेउपानेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई कन्चन पोखरेलले खिचेका हुन भने सम्पादन रुपेश महतले गरेका हुन ।

बुढा सुब्बा डिजिटलको युट्ब च्यानल मार्फत सार्वजनिक गरिएको छ।ड्रोन तथा अन्य प्रविधी प्रयोग गरेर कुलेखानी , चोभार, निलबराही आश पासमा सुटिङ गरिएको भिडियो अत्यन्तै राम्रो बनेको छ र अपलोड भएको १० घन्टा भित्रै ७००० भन्दा बढिले हेरिसकेका छन । भिडियो र गीतको तालमेल राम्रो मिलेकोले भिडियो अत्यन्तै राम्रो बनेको छ। भिडियो हेर्नुहोस :