गायक बाबु मोक्तान बिएलको सोल्टिनी सार्है मन पर्यो मिलियन क्लबमा (भिडियो सहित)

काठमाडौँ : गायक बाबु मोक्तान बिएलको “सोल्टिनी सार्है मन पर्यो” मिलियन क्लबमा प्रवेश गरेको छ l दर्जनौ चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका गायक बाबु मोक्तान बिएलको “सोल्टिनी सार्है मन पर्यो” गीतको म्युजिक भिडियोलाइ दर्शक श्रोताको अपार मायाले गर्दा गित अझ चर्चित बन्दै गएको छ l आफ्नो गित मिलियन क्लबमा प्रवेश गरेको खुसियालीमा गायकले सम्पूर्ण दर्शक तथा श्रोतालाई धन्यबाद समेत दिएका छन् भने भविष्यमा समेत यस्तै माया साथ् तथा सहयोगको अपेक्षा गरेका छन् l

गायक बाबु मोक्तान तथा आसुसेन लामाको शब्द र संगीतकार आसुसेन लामाको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित भीमफेदी गाइजको अभिनय तथा नृत्य देख्न सकिन्छ l पवन सुसलिङको छायांकन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्मल लामा भीमफेदी गाइजले नै निर्देशन गरेका छन् l भिडियो हेर्नुहोस :