निर्देशक समन अधिकारीको ‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, : नेपालीहरुको महान पर्व तिहार नजिकिंदै गर्दा समन अधिकारीको तिहार कोसेली ‘तिहार सम्झी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘तिहार सम्झी’ बोलको गीतमा गायिका प्रेक्षा लम्साल र गायक सचिन राईको स्वर रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ मा आफूलाई उभ्याएकी प्रेक्षा लम्साल सांगीतिक क्षेत्रमा संघर्षरत गायिका हुन् । समन अधिकारीको शब्द रहेको गीतमा समन अधिकारीकै लय रहेको छ । गीतलाई चन्दु गोर्खालीले एरेन्ज गरेका छन् ।

उक्त गीतबाट चाडपर्वमा नेपाली समाजमा देखिने परिस्थितिलाई यर्थाथ चित्रण गरीएको छ । नेपालीहरुको महान पर्व तिहारमा टाढा रहेका दाजु भाईलाई आफ्ना दिदि बहिनीले तिहार सम्झी आउन र सँगै देउसी भैलो खेल्न आग्रह गरेको भावलाई गीतमा उतारिएको छ ।

गीतलाई रेस्क्यु क्रियसनको युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो । निकै नै मर्मस्पर्शी तिहार गीत ‘तिहार सम्झी’ को म्युजिक भिडियोमा मोडल-नायिका रिमा विस्वकर्माको अभिनय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा भुपेन्द्र तुम्बाहाङफेको छायाकंन र बिकाश धमलाको सम्पादन रहेको छ ।