राज र अनु बुढानिलकण्ठ मन्दिरमा भजन गाउदै

काठमाडौँ : बुढानिलकण्ठ मन्दिरको एैतिहासिक र धार्मिक महत्वलाई भक्तजन माझ पुर्याउने हेतुले बनाइएको भजन ‘हरिहरको स्वरुप’को बुढानिलकण्ठ मन्दिर परिसरमा छायाँकन सम्पन्न गरिएको छ । भगवान शिव र बिष्णुको रुप बुढानिलकण्ठको प्रचार प्रसारको लागि भजन निर्माण गरिएको हो ।

बुढानिलकण्ठ नारायणस्ठान मन्दिर ब्वस्थापन समितिका अध्यक्ष सकुल शाहको शब्द सन्कलन रहेको भजनमा चन्द्रकान्त पौडेल र कोमल ओलिको स्वर रहेको छ । चन्द्रकान्त पौडेलको संगीत रहेको भजनमा बुढानिलकण्ठ मन्दिरको उत्पत्ती र यसको महत्वको बर्णन गरिएको छ ।

भजनमा नायक राज तिमल्सिना र नायिका अनु शाहको अभिनय रहेको छ । बुढानिलकण्ठ भगवान प्रती आफ्नो विश्वाश रहेको र मन्दिरको बारेमा बनेको भजनमा अभिनय गर्न पाउदा आफुलाई निकै खुशी लागेको नायक राज तिमल्सिनाले बताए ।

यस्तै नायिका अनु शाहले पनि आफुले एैतिहासिक बुढानिलकण्ठ मन्दिरको बारेमा बनेको भजनमा अभिनय गर्न पाउदा निकै खुशी लागेको जानकारी दिइन ।

भजन छिट्टै युट्युबमार्फत सार्वजनिक हुँदैछ । सकुल शाहले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ । । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा दिपक छेत्री र शुभास गजुरेलको समेत अभिनय रहेको छ । भजन निर्माण बुढानिलकण्ठ नारायणस्थान मन्दिर ब्यवस्थान समितीले गरेको हो ।

नेपाल टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम होरा दर्शनका प्रस्तोता गायक तथा संगीतकार पौडेल बिगत एक दशक देखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।