चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । कलाकारहरु विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुभाष थापाले निर्माण गरेका छन् ।

शुक्रबार एपी १ टेलिभिजन बाट प्रसारण हुदै आएको चर्चित रियालिटी सो नेपाल आईडल र युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । पत्रकार सुशील पौडेलले लेखेको चलचित्रमा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइएको छ ।

चलचित्रमा बिपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुसाल, बिनोद भट्टराई, प्रकाश गन्दर्भ,अन्नपुर्नेस्वरि शिल्पकार, लोकमणि सापकोटा, राजेश बिसुरा, भोला शाह, अचुत उप्रेती, सुनिश बजगाई तथा साश्वत जंग शाहीको मुख्य भूमिका रहेको छ l

चलचित्रमा विकास सुवेदी सहायक निर्देशकको रूपमा रहेका छन् । चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका छन् । ट्रेलर हेर्नुहोस: