गायक नारायण रायमाझी गुल्मीमा सम्मानित

काठमाडौं । वामी विश्व सम्पर्क मञ्च गुल्मीले वरिष्ठ गायक, संगितकार तथा निर्देशक नारायण रायमाझीलाई ताम्र पत्रले सम्मान गरेको छ । नौमती बाजा महोत्सव २०७५ को अवसर पारेर रायमाझीले नेपाली सांगितिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ताम्रपत्र प्रदान गरिएको हो ।
नेपालीहरुले भोगेका दुःख र बेदनाहरुलाई जस्ताको तस्तै टपक्क टिपेको र लोपउन्मुख कला संस्कृतिलाई जोगाएकोले कलाकार रायमाझीलाई सम्मान गरेको नौमती बाजा महोत्सवका संयोजक बैकुण्ठ रायमाझीले बताए ।
कलाकार रायमाझीले वामी टक्सारमा भएको नौमती बाजा महोत्सवमा सहभागी भए बापत पाउनु पर्ने कुनै पनि पारिश्रमिक नलिने र महोत्सवलाई थप सहयोग गर्ने बताएका छन् । कार्यक्रम संयोजक बैकुण्ठ रायमाझीका अनुसार गायक रायमाझीले कुनै पारिश्रमिक नलिने तथा कार्यक्रमको भिडियो प्रकाशन गरेबापत आउने रकम समेत महोत्सवकै लागि खर्च गर्ने भएका छन् ।

वामी विश्व सम्पर्क मञ्चले वामीमा आयोजना गरेको नौमती बाजा महोत्सव २०७५ को कुनै पनि भिडियो आयोजकको अनुमती बिना सार्वजनिक नगर्न अनुरोध समेत गरेको छ । युटुव लगाएतका सामाजिक संजालबाट प्राप्त हुने आम्दानीलाई संस्कृति सम्वद्र्धनमा लगाउने योजना रहेको कार्यक्रम संयोजक रायमाझीले जानकारी दिए ।